अनसन बसेका डा गोविन्द केसीको अवस्था गम्भिर भएपछि आइसियुमा

36

छिनछिन खबर
काठमाडौं, असार २० । जुम्लामा अनसनरत डा गोविन्द केसीको अवस्था गम्भिर बन्दै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले निषेधित क्षेत्र तोड्दै डा केसीलाई अस्पताल पुर्‍याएका छन् ।


डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालको आइसियुमा राखिएको छ । अनसन बसिरहेका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन् । आइयिसुमा डा केसीको उपचार भइरहेको छ ।

डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढाथापा र डीएसपी डा तपन दाहालको टोली अस्पताल पुगेको छन् । उनीहरुले डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

Womui
Womui