भ्रष्टाचार आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ

46

काठमाडौं, असार २० (एजेन्सी) । भ्रष्टाचार आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन् । मलेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी संस्थाले उनलाई पक्राउ गरेको हो । उनीमाथि राष्ट्रिय विकास कोषबाट सात सय मिलियन अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप छ ।


गत मेमा भएको निर्वाचनको परिणाम घोषणा भएलगत्तै उनीमाथि छानविन सुरू भएको थियो । नजिवले भने भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन् । भ्रष्टाचारका विषयमा यसअघि विशेष अनुसन्धान टोलीले नजिवको बयान लिएको थियो । उनलाई बुधबार बिहान क्वालालाम्पुर उच्च अदालतमा पेश गरिएको छ । केही समयअघि मलेसियाको प्रहरीले नजिव र उनकी श्रीमतीसँग भएको २ सय ३७ मिलयन डलर बराबरको सम्पत्ति रोक्का राखेको थियो ।

नजिवले सन् २००९ मा मलेसिया विकास कोष स्थापना गरेका थिए । जसको उद्देश्य क्वालालाम्पुरलई फाइनान्सियल हवको रूपमा विकास गर्ने थयो । तर सन् २०१५ मा कोषले बैंकहरूसँग लिएको ११ विलियन डलर ऋण तिर्न नसकेपछि घोटालाका आशंका उब्जिएका थिए ।भ्रष्टाचारको विषयमा अमेरिकाले समेत छानविन सुरू गरिसकेको छ । अमेरिकाको जस्टिस डिपार्टमेन्टले मलेसिया विकास कोषबाट ३ सय ५० विलियन डलर दुरुपयोग भएको बताएको थियो । अमेरिकाको अनुसन्धान निकाय एफबिआइले मलेसियाका जनतासँग धोका भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Womui
Womui