अबिरल परेको पानीसँगै दाङको ट्वाँङ खोलामा आएको बाढीले बस बगायो

68

छिनछिन खबर
दाङ, असार १८ । दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजीवन प्रभावित भएको छ । बाढीका कारण तुलसीपुर– घोराही– लमही सडक खण्डमा पर्ने खहरे खोलामा पानीको बहाव ह्वात्तै बढेपछि कुनै पनि खालका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।तुलसीपुर– घोराही सडक खण्डको गुर्जे खोलामा आएको बाढीका कारण सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, घोराही–लमही सडकखण्डमा सवारीका साधन बाढीले गर्दा सञ्चालनमा आउन नसकेको दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।खोलामुनि कजवे निर्माण गरिनु र निर्माणाधीन पुलको काममा ढिलाइ हुनु तथा उचित डाइभर्सन निर्माण नगर्दा वर्षौंदेखि दाङबासीले वर्षातमा जोखिमयुक्त यात्रा गर्नु परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।

उनले बबई गाउँपालिका वडा नं. ५ स्थित ट्वाँङखोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगएको जानकारी दिए ।प्रमुख चौधरीका अनुसार खोलाले बस बगाए पनि मानवीय क्ष्ति नभएको बताए । बगाले भन्ने स्थानदेखि तुलसीपुरतर्फ आउँदै गरेको उक्त बस सोमबार ट्वाँङ खोलाले बगाएको चौधरीले जानकारी दिए ।

दुई दिनदेखिको अविरल वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न बनेको छ । पूर्व–पश्चिम राजमार्ग आसपासका केही बस्ती तथा राप्ती नदी किनारका बस्तीहरू जलमग्न भएको प्रहरीले जानकारी दिएको छ ।

सचेत रहन आग्रह

यसैबीच दुई दिनदेखि अविरल रूपमा पानी परेको हुँदा बबई र राप्ती आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।

Womui
Womui