रसियाले पेनाल्टी सुट आउटमा स्पेनलाई हरायो

107

काठमाडौं, असार १७ (एजेन्सी) । रसियामा जारी प्रिक्वाटरफाइनलमा आयोजक रसिया विजयी भएको छ । ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा रसियाले ४–३ स्पेनलाई पराजित गरेको हो । रसियाका गोल्किपरले स्पेनका दुई गोल रोके ।

स्पेनले १२ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । रसियाका सर्गी इग्नासेभिचले १२ औं मिनेटमा स्पेनले गरेको फ्रिकिकबाट आएको बललाई बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।

आत्मघाती गोलबाट पछि परेको रसियाले पहिलो हाफमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै स्पेनसँग बराबरी गर्‍यो। रसियाका लागि सो गोल ४१ औं मिनेटमा डिजुबाले गरेका थिए।

रसियाले प्रहार गरेको कर्नर बललाई स्पेनका जेरार्ड पिकले ह्यान्ड गरेपछि रसियाले पेनाल्टी पाएको थियो।

Womui
Womui