सोलुखुम्बुमा जीप दुर्घटना, ६ जनाको मृत्यु

96

छिनछिन खबर
सोलुखुम्बु, असार १५ । सोलुखुम्बुमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको जीप तिङ्लाको महादेव भिरमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको मात्र पहिचान भएको छ । अन्य मृतकको पहिचान खुलेको छैन ।
एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइँदै छ । प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको शेर्पाले बताए ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Womui
Womui