पानामाविरुद्ध बेलायतद्वारा गोलको वर्षा, बेलायत ६–१ ले विजयी

36

छिनछिन खबर
काठमाडौं, असार १० । रसियामा जारी विश्वकप २०१८ को खेलमा पानामामाथि बेलायतले ६–१ को जित निकालेको छ । जितसँगै बेलायत नकआउट चरणमा प्रवेश गरेको छ ।बेलायतको जितको लागि कप्तान ह्यारी केनले ह्याट्रिक गरे । त्यस्तै अर्का खेलाडी स्टोनले २ तथा लिङ्गार्ड एक गोल गरे ।

खेलको आठौँ मिनेटमा केइरन ट्रिपियरको कर्नरमा जोन स्टोन्सले इंग्ल्याण्डलाई सुरुमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको २२ औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान ह्यारी केनले सजिलै गोलमा परिणत गर्दैै अग्रता दोब्बर पारेका थिए ।सन् २००२ मा अर्जे्न्टिनाविरुद्ध डेभिड बेकह्यामले गोल गरेपछि विश्वकपमा पेनाल्टीबाट बेलायतका लागि गोल गर्ने केन पहिलो खेलाडी हुन् ।

बेलायतका खेलाडी लिङ्गार्डले खेलको ३६ औं मिनेटमा तेस्रो गोल थपे । बेलायतलाई स्टोनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को स्थितिमा पु¥याए । फेरि पहिलो हाफको इन्जुरी समयमा कप्तान केनले पेनाल्टीमै गोल थप्दै अन्तर ५–० मा पु¥याए ।पहिलो हाफ ५–० ले पछि परेको पानामाविरुद्ध खेलको ६२औं मिनेटमा कप्तान केनले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

यता पानामाका कप्तान फिलिपे बालोयले बेलायतविरुद्ध गोल गर्दै नयाँ इतिहास रचे । उनी पानामाका लागि विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले खेलको ७८ औं मिनेटमा गोल फर्काएका हुन् ।जारी विश्वकपमा कप्तान केन सबैभन्दा बढि गोल गर्ने व्यक्ति बनेका छन् । केनले ५ गोल गरिसकेका छन् । त्यस्तै रोनाल्डो र लुकाकुले ४–४ गोल गरिसकेका छन् ।

Womui
Womui