जापानले रोक्यो सेनेगललाई बराबरीमा

38

छिनछिन खबर
काठमाडौं, असार १० (एजेन्सी) । विश्वकप अन्तर्गत आइतबार राति भएको खेलमा जापानले सेनेगललाई बराबरीमा रोकेको छ । जापान र सेनेगलले २–२ को बराबरी खेलेका छन् । खेलमा जापानका किसुकी होन्डाले विश्वकपमा एसियाबाट सर्बाधिक गोल गर्ने खेलाडीको इतिहास रचेका छन् ।


दुईचोटी अग्रता लिएपनि सेनेगलले अग्रता जोगाउन सकेको थिएन् । सेनेगेलका लागि साडियो माने र माउसा वागिईले गोल गरेका थिए भने जापानका लागि किसुकी होन्डाले गोल गरेका थिए । खेलको ११ औं मिनेटमा साडियो मानेले सेनेगललाई सुरुवाती अग्रता दिलाएका थिए । एमबाए नियोगको उपलब्ध गराएको पासमा जापानका थिन्की हारागुचीले फितलो हेडिङ गरेपछि बल सेनेगलका युसुफ साबलीका अगाडी खसेको थियो । उनले प्रहार जापानी किपर इजी कावासिमीले पन्च साडियो मानेको खुट्टामामा खसेपछि मानेले लगत्तै उक्त बललाई जाली चुमाएका थिए।

खेलको ३५ औं मिनेटमा जापानले बराबरी गोल फर्काएको थियो । युटो नागाटिमोले उपलब्ध गराएको पासमा ताकासी इनयूले बराबरी गोल फर्काएका थिए । ७१ औं मिनेटमा माउसा वागिईले सेनेगललाई २–१ को अग्रता दिलाएका थिए । युसुफ साबालीले गरेको क्रसलाई एमबाय नायगीले माउसा तर्फ डोर्या्दिएका थिए । डी बक्स नजिकै बल पाएका माउसाले गोल गर्दै सेनेगललाई पुनः अग्रता दिलाएका हुन् ।
७८ औं मिनेटमा सिन्जी कागवाको स्थानमा आएका किसुकी होन्डाले गोल गर्दै गोल पुनः बराबरीमा फर्काएका हुन् । ताकासी इनयूले गोलपोस्ट तिर अघि बढाई रहेको बललाई पन्च गर्न सेनेगलका गोलकिपर खादिम एनदिया अघि बढेका थिए । त्यहीबेला ताकासीले अर्को तर्फ रका होन्डालाई पास उपलब्ध गराए र उनले खाली पोस्टमा गोल गरेका थिए ।

योसँगै किसुकी होन्डा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने एसियन खेलाडी बनेका छन्। उनले विश्वकपमा ९ खेलमा अन्य एसियाली खेलाडी भन्दा बढी चार गोल गरेका छन् ।

Womui
Womui