लत्रिएको तारबाट करेन्ट लागेर एक वृद्धको मृत्यु

177

छिनछिन खबर
रामेछाप, असार ८ । जिल्लाको सुनापती गाउँपालिकामा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । सुनापति गाउँपालिका – १ का गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जनाएको छ ।

Womui
Womui