सुन तस्करी आरोपमा सिल्भर सिटी अपार्टमेन्टका मालिक पोद्दार पक्राउ

54

छिनछिन खबर
काठमाडौं, असार ६ । सुन तस्करीको संलग्नताको आरोपमा काठमाडौं, डिल्लीबजारस्थित सिल्भर सिटी अर्पाटमेन्टका मालिक विमल पोद्दारलाई विशेष अनुसन्धान टोलीले पक्राउ गरेको छ । भारतीय नागरिक पोद्दारले नेपालका ठूला व्यावसायिक घरानासँग मिलेर काम गर्दै आएका थिए ।


उनलाई सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता ठानिएको छ । उनी तस्करी प्रकरणमा फरार रहेका मोहन अग्रवालका साथी समेत हुन् । मंगलबार डिल्लीबजारबाट पक्राउ गरिएका पोद्दारलाई बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन थुनामा राख्ने म्याद लिई अनुसन्धान अगाडि बढाइएको विशेष अनुसन्धान टोलीका संयोजक ईश्वरराज पौडेलले बताए ।

सिल्भर सिटी अपार्टमेन्टमा पोद्दारको ३३ प्रतिशत लगानी छ । एक अर्ब ३२ करोड लगानीमा निर्माण उक्त अपार्टमेन्टमा उनीसहित तीन व्यापारीको लगानी छ । अपार्टमेन्टमा राजकुमार गोडिया र दीपक मल्होत्राको पनि बराबर लगानी छ ।

पोद्दारले सोही अपार्टमेन्टमा एकल लगानीमा एड्रेस लाउन्स रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । पोद्दारबाट सुन तस्करीमा लगानी गर्ने थप व्यक्तिहरुको सूचना मिल्न सक्ने अनुसन्धान टोलीका अधिकारीहरु बताउँछन् ।

तस्कर समूहले पछिल्लो ५ वर्षमा विमानस्थलबाट ३८ सय किलो सुन भित्र्याएको थियो । जसमध्ये करिब ८० प्रतिशत सुन भारत पु‍¥याएको थियो। । तस्करीमा भारतीय व्यापारीहरुको समेत संलग्नता देखिएको अनुसन्धानमा सामेल अधिकारीहरु बताउँछन् ।

Womui
Womui