विश्वकप २०१८, आयोजक रसियाद्वारा इजिप्ट ३–१ ले पराजित

49

एजेन्सी
रसिया, असार ६ । रसियामा जारी विश्वकपमा आयोजक राष्ट्र रसियाले सान्दार खेलिरहेको छ । बुधबार सम्पन्न खेलमा इजिप्टलाई ३–१ गोलले पराजित गरेपछि रसिया अन्तिम १६ मा प्रवेश गर्ने संघारमा पुगेको छ ।

रसियाले विश्वकपको उदघाट्न खेलमा एशियाली राष्ट्र साउदी अरेवियालाई ५–० ले हराएको थियो । दुई खेलमा दुई जीतसँगै समूहमा ६ अंक जोड्दै आयोजक रसिया दोस्रो चरण प्रवेशको निकट पुगेको हो । रसियाले उरूग्वेसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ ।

गोल रहित पहिलो हाफ भएको खेलमा रसियाले दोश्रो हाफमा इजिप्टले गरेको आत्मघाती गोलबाट अग्रता कायम गरेको थियो । खेलको ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल नियन्त्रण गर्न खोज्दा उनले आफ्नै पोष्टमा बल छिराउन पुगेका थिए ।

आत्मघाती गोलबाट अग्रता कायम भएपछि हौसिएको रसियाले खेलको ५९ औं गोल थप्दे आफ्नो अग्रतालाई दोब्बर पार्‍यो। सो गोल डेनिस चेरसिभले गोल गरेका थिए । त्यसपछि रसियाले दोस्रो गोल गरेको तीन मिनेटमा अर्को गोल थप्यो र टीमको अग्रतालाई ३(० मा पुर्‍यायो। तेस्रो गोल आर्टिम डेइवाले गरे ।

रसिया ३–० ले अगाडी रहिरहेको अवस्थामा खेलको ७३ औं मिनेटमा इजिप्टले पेनाल्टी गर्ने मौका पायो । रसियाका खेलाडीले महोम्मद सालेहलाई डिवक्समा लडाएपछि प्राप्त पेनाल्टीको अवसरलाई उनले गोलमा परिणत गर्दै इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे तर रसियाको पोस्टमा निरन्तर आक्रमणका बाबजुत पनि इजिप्टले आफ्नो हार बदल्न सकेन । इजिप्टले समूह चरणको पहिले खेल यसअघि उरूग्वेसँग हारिसकेको छ ।

Womui
Womui