कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल, (ने क पा) अध्यक्षको जिम्मेवारी नेपाललाई

46

छिनछिन खबर
काठमाडौं, असार ५ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणका लागि गएपछि कार्यवाहक प्रधानमन्त्री उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। पोखरेल मन्त्रिपरिषद्मा दोस्रो बरियतामा छन् ।

 

पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधवकुमार नेपाल पाएका छन् । पार्टी बरियतामा तेस्रो नम्बरमा भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा रहेका कारण नेपालले त्यो अवसर पाएका हुन् ।

त्यस्तै, (ने क पा) संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ ।

Womui
Womui