राष्ट्रिय सभा सदस्यको पदावधि टुंगो लाग्यो, अर्थमन्त्री खतिवडाको दुई र गृहमन्त्री थापाको कार्यकाल ६ वर्ष

44

छिनछिन खबर
काठमाडौं, असार ४ । राष्ट्रियसभा सदस्यहरूको कार्यकाल टुंगो लगाइएको छ । सोमबार गोलाप्रथाबाट सबै सदस्यको अवधि टुंगो लगाइको हो ।

?

जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्यो । त्यति नै उसको कार्यकाल तोकिने व्यवस्था मिलाइएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद ६ वर्ष र अर्थमन्त्री युवराज खतिवडाको २ वर्ष कायम भएको छ ।

राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा चार वर्षसम्म सांसद हुनेछन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल भने दुई वर्ष कायम भएको छ ।राष्ट्रियसभाका १९ सदस्यको पदावधि २ वर्ष, २० जनाको ४ वर्ष र अरु २० जनाको ६ वर्ष गोलाप्रथाबाट कार्यकाल कायम भएको छ ।

प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र १ जनाको ६ वर्ष पदावधि टुंगो लगाइएको छ ।

Womui
Womui