चटयाङ पर्दा दुई विद्यार्थीको मृत्यु

261

छिनछिन खबर
सुर्खेत, जेठ २८ । विद्यालयमा चट्याङ पर्दा दुई विद्यार्थीको मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ धनापानी मटेलास्थित मालिका प्राविको छानामा चट्याङ पर्दा कक्षा २ मा अध्ययनरत एक छात्रा र एक छात्रको मृत्यु भएको हो ।

चट्याङ परेको बेला कक्षाकोठाभित्रै रहेका ७ वर्षीया निर्मला चन्द र ६ वर्षीय अम्मर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चट्याङ लागेर सात विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये दुई विद्यार्थी सामान्य उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

Womui
Womui