भाषा परीक्षामा पनि नक्कली परीक्षार्थी !

33

छिनछिन खबर
कठमाडौं, जेठ २७ । वैदेशिक रोजगारीका लागि कोरिया जान लिइने भाषा परीक्षामा समेत नक्कली परीक्षार्थी फेला परेको छन् । शनिबार प्रहरीले काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट ४७ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला समेत रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।


शनिबार र आइतबार हुने नवौं इपिएस परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी छन् । परीक्षाका लागि कोरियाबाटै ६४ जनाको विज्ञ टोली आएको छ । पैसा लिएर अर्काको परीक्षा दिन पुगेको बेला नक्कली परीक्षार्थी पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जेभियर इन्टरनेसनल स्कुलबाट १३, भिएस निकेतन कलेजबाट ११, टाइम्स इन्टरनेसनल कलेजबाट ८, नोबल एकेडेमी र युनिभर्सल कलेजबाट ५÷५, जेभियर इन्टरनेसनल कलेजबाट ४ र गोल्डेनगेट इन्टरनेसनल कलेजबाट १ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

Womui
Womui