करेन्ट लागेर राजपा सचिवको मृत्यु

129

छिनछिन खबर
सुनसरी, जेठ २५ । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव तेन्जी लामाको करेन्ट लागेर शुक्रबार ज्यान गएको छ । सुनसरीको तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएका लामालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा ज्यान गएको तरहरास्थित अस्थायी प्रहरी चौकीले जनाएको छ । उनका श्रीमती र दुई सन्तान छन् ।

Womui
Womui