मलेसियामा गैरकानुनी कामदारलाई धरपकड

217

छिनछिन खबर
काठमाडौँ, जेठ २० । मलेसियाको अध्यागमन विभागले गैरकानूनी हैसियतमा बसेका प्रवासी कामदारलाई देश छाड्न थप समय दिँदै धरपकड सुरु गरेको छ ।


गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आगामी अगष्ट ३० सम्ममा आफ्नै देश फर्किन अल्टिमेटम दिएको छ । गैरकानुनी प्रवासी कामदार वैधानिक हुन अब समय नथपिने समेत गृह मन्त्रालयले प्रस्ट पारेको छ । मलेसियामा नयाँ सरकार बनेसँगै त्यहाँको गृह मन्त्रालयले अवैधानिक कामदारलाई हटाउन कडा कदम चाल्न थालेको छ । प्रवासी कामदार मात्रै हैन अहिले त्यहाँको सरकार आफ्नै देशका निकायमाथि समेत कडा बनेको छ ।

यो समयमा आफ्नै देश नफर्किए उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई समेत कारबाही गरिने मन्त्रालयले जनाएको छ । गैरकानुनी आप्रवासी कामदारलाई अघिल्लो वर्ष पनि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म समय दिएको थियो । वर्ष जनवरीदेखि जुन ३० सम्मका लागि समय थपिएको थियो ।

नेपाली कामदारको पहिलो गन्तव्य रहेको मलेसियामा करिब तीन लाख अवैध कामदार रहेको अनुमान गरिएको छ । वैधानिक रूपमा मलेसियामा काम गर्नेको संख्या भने चार लाख जति रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Womui
Womui