अब दुई उपप्रधानमन्त्री, फोरमबाट थपिए दुई मन्त्री

49

छिनछिन खबर
काठमाडौं, जेठ १८ । उपप्रधानमन्त्री नबनाउने अडान लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः दुई जना उपप्रधानमन्त्री बनाएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द यादवलाई जिम्मेवारी दिए । यादवलाई उपप्रधानमन्त्री बनाएपछि ओलीले रक्षा मन्त्री ईश्वर पोखरेललाई पनि उप्रप्रधानमन्त्रीमा बढुवा गरेका छन् ।

दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् ।पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधानमन्त्री मागेका थिए । तर, ओलीले उपप्रधानमन्त्री नै नबनाउने अडान दिए ।

त्यस्तै मो. इस्तियाक राई र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् । राई संघीय फोरमबाट सहरी विकासमन्त्री बनेका हुन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।

Womui
Womui