पाल्पामा बस दुर्घटना १२ जनाको मृत्यु अन्य घाइते

221

छिनछिन खबर
पाल्पा, जेठ १८ । शुक्रबार बिहान पाल्पाको सदरमुकाम तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस रम्घा गाउँपालिका ४ हुमिनमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा ९ पुरुष र ३ महिला रहेको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

 

उक्त बसमा अध्ययन अवलोकन भ्रमणमा हिँडेका लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्यहरु थिए। घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

 

 

Womui
Womui