तोकिए भन्दा बढी रकम असुली गर्ने मेनपावर सञ्चालक पक्राउ

119

छिनछिन खबर
काठमाडौं, जेठ १७ । सरकारले तोकेको भन्दा निकै ठूलो रकम असुली गर्ने मेनपावर सञ्चालक पक्राउ परेका छन् । बिहीबार द सेन्टर ओभरसिज कन्र्सन प्रालिले रोजगारीका लागि कतार जान खोजेका ताराबीर कँडेलसँग ९५ हजार रुपैयाँ लिँदै गरेको पाइएपछि वैदेशिक रोजगार विभागले मेनपावरकी सञ्चालिका बालकुमारी राईलाई पक्राउ गरेको छ ।


विभागका निर्देशक उद्धव रिजालले पक्राउ परेकी राईलाई हिरासतमा पठाइएको बताए । रिजालले उक्त मेनपावरले तोकिए भन्दा बढी रकम असुल गरिरहेको उजुरीपछि छापा मार्दा रंगेहात राई पक्राउ परेको बताए । सरकारले कतार जाने कामदारसँग मेनपावरले १० हजार रुपैयाँ भन्दा बढी रकम लिन नपाइने निर्णय गरेको छ ।

Womui
Womui