इन्धनको मूल्य बढेको बढ्यै, अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल ८० अमेरिकी डलर पुग्यो

216

कठमाडौं, जेठ १२ (एजेन्सी) । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएपछि नेपालमा समेत मूल्यवृद्धि हुने संकेत देखा परेको छ ।

शनिबार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर प्रति ब्यारेल ८० अमेरिकी डलर पुगेको छ । पछिल्लो समयमा इरान र अमेरिकाबीच विवाद बढेपछि इन्धनको मूल्य वृद्धि भइरहेको हो । ६ महिना यतामात्रै इन्धनको मूल्य ३० अमेरिकी डलरले बढेको छ । एक व्यारेलमा एक सय ५९ लिटर हुन्छ । अमेरिका र विश्व समुदायले इरानसँग गरेको आणविक सम्झौताबाट एकल रुपमा अमेरिका बाहिरिएपछि अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य एकाएक बढेको हो ।

इरानले तेल निर्यात बन्द गरेको छ । आफ्नो सार्वभौम सत्तामाथि अमेरिका हावी हुन खोजेको र विगतको सर्वपक्षीय सम्झौताबाट भागेको भन्दै इरानले तेल निर्यात बन्द गरेको जनाएको छ । तेल उत्पादनक राष्ट्रहरुको संगठन (ओपेक) को महत्वपूर्ण सदस्यका रुपमा इरान छ । भारतलगायत दक्षिण एसियाली मुलुकमा आउने इन्धनको प्रमुख स्रोत इरान हो ।

भारतमा आयात हुने कूल इन्धन मध्ये ७० प्रतिशत बढी इन्धन इरानबाट आयात हुन्छ । साउदी अरब र इरानबीच पनि राम्रो सम्बन्ध छैन । तर कतारसँग भने इरानको सम्बन्ध सुधार हुँदै गएको छ । अन्तर्राष्ट्रय बजारमा मूल्य बढेको भन्दै भारतमा इन्धनको मूल्य वृद्धि गरिएको छ । भारतमा मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपालमा पर्ने देखिएको छ । पछिल्लो मूल्य सूची अनुसार भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेर प्रतिलिटर ८५ रुपैयाँ २९ पैसासम्म पुगेको छ । उक्त मूल्य हालसम्मकै उच्च भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जुन १ मा इण्डियन आयल कर्पोरेशन लिमिटेडले नयाँ मूल्य सूची पठाउनेछ । सो मूल्यसूची आए लगत्तै नेपालमा समेत इन्धनको मूल्यवृहि हुने देखिएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।

 

Womui
Womui