नहुने भो ट्रम्प र किमबीचको वार्ता

44

काठमाडौं, जेठ १० (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता नहुने भएको छ । ट्रम्पले किमसँग वार्ता नगर्ने निर्णय गरेपछि दुई नेताबीचको वार्ता रद्द भएको हो । किम र ट्रम्पबीच जुन १२ तारिखमा सिंगापुरमा वार्ता गर्ने तयारी थियो ।

ट्रम्पले किमलाई एक पत्र लेखेर यतिखेर वार्तामा बस्नु उपयुक्त नभएको भन्दै जानकारी दिएका हुन् । ट्रम्पले किमसँग चाँडै वार्ता गर्नेमा विश्वस्त रहेको भने जानकारी गराएका छन् ।

सिंगापुरमा वार्ताको तयारी चलिरहँदा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरिया आक्रोशित भएको थियो । सोही कारण देखाउँदै उत्तरले दक्षिणसँगको उच्चस्तरीय वार्ता भंग गरेको थियो ।

Womui
Womui