अब बाहिरका विश्वविद्यालयले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने

31

छिनछिन खबर
काठमाडौं, जेठ १० । देशका विभिन्न स्थानमा मुख्य कार्यालय रहेका विश्वविद्यालयले अबदेखि काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएका छन् ।


उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्वविद्यालयका पदाधिकारीले काठमाडौंमा सम्पर्क कार्यालय खोलेर काममा बेवास्ता गरिरहेको पाइएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उक्त निर्णय गरेका हुन् ।
पोखरेलले मन्त्रीस्तरीय निर्णय गर्दै ११ वटा विश्वविद्यालयका काठमाडौं उपत्यकाभित्रका सम्पर्क कार्यालय खारेज गरेका हुन् । सम्पर्क कार्यालयहरुको कुनै भूमिका नरहेकाले हटाउने निर्णय गरिएको मिन्त्रालयले जनाएको छ ।

Womui
Womui