नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक सम्पन्न, कुनै निर्णय भएन

115

छिनछिन खबर
काठमाडौं, जेठ १० । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने गरेन । बैठकमा पार्टीका ुदई जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

सोही बैठकमा बैठकमा निर्वाचन आयोगमा दर्ताका लागि ४ सय ४१ केन्द्रीय सदस्यको नागरिकताको प्रतिलिपि र हस्ताक्षर संकलन गरिएको छ । बैठकमा बोल्दै अध्यक्षद्वय ओली र दाहालले पार्टी एकतालाई सुदृढ गर्न तदारुकताका साथ लाग्नु पर्ने निर्देशन दिएका थिए । संघीय, प्रदेश र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार नगर्न, हुन दिन समेत दुई जना अध्यक्षले निर्देश्न दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Womui
Womui