सर्वोच्च अदालतको स्थानीय सरकारलाई आदेश–शिक्षक सरुवामा हात हाल्दै नहाल्नू

124

छिनछिन खबर
काठमाडौं, जेठ १० । सर्वोच्च अदातलले स्थानीय सरकारहरुलाई शिक्षक सरुवामा हात नहाल्न आदेश दिएको छ । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिकाका एक शिक्षकले सरुवा रोक्न माग गर्दै दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गाउँपालिकालाई शिक्षक सरुवा गर्ने अधिकार नदिएको किटान गरी रोक लगाएको हो ।

 

शिक्षक सरुवा गर्ने निर्णय शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ बहालै रहेको अवस्थामा स्थानीय सरकारलाई सरुवाको अधिकार नभएको समेत आदेशमा भनिएको छ ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासले कानुन बनाएर गर्नुपर्ने काम समितिकै निर्णयको आधारमा गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको उक्त आदेशपछि स्थानीय सरकारहरुले हाललाई शिक्षक सरुवा गर्न नपाउने प्रस्ट भएको छ ।

Womui
Womui