यी हुन् ओली सरकारका पाँच धनी मन्त्री

148

छिनछिन खबर
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का १८ जनाले बुधबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणको आधारमा ओली सरकारका सबभन्दा पाँच धनी मन्त्रीमा क्रमशः रघुबीर महासेठ, युवराज खतिवडा, रवीन्द्र अधिकारी, लालबाबु पण्डित र स्वयम ओली छन् । अन्य मन्त्रीको सम्पत्ति भने औसत नै छ ।

महासेठसँग ४० करोडको सेयर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ सम्पत्तिका पनि महासेठ नै देखिएका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको सिन्धुली, ललितपुर र धनुषामा जग्गा छ । बैंक खातामा ७२ लाख रुपैयाँ नगद राखेका महासेठले पत्नी जुली महतोको नाममा विभिन्न कम्पनीको ४० करोड २ लाख २० हजार रुपैयाँको सेयर खरिद गरेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री युवराजसँग एर्क करोड नगद

सबै मन्त्रीमध्ये बैंकमा नगद जम्मा गर्नेमा अर्थमन्त्री युवराज खतिवडा अग्रस्थानमा छन् । बैंकमा एक करोड रुपैयाँ रहेको जनाएका खतिवडासँग काठमाडौं, भक्तपुरमा घडेरी छन् भने झापाको गौरादहमा चार विघाभन्दा बढी जमिन समेत छ ।

६० तोला सुनका मालिक रवीन्द्र

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी ओली सरकारमा अर्का धनी मन्त्री हुन् । उनीसँग ६० तोला सुन र ३० केजी चाँदी छ । अधिकारीका कास्की र काठमाडौंमा तीन वटा घर छन् भने बैंकमा २४ लाख ५७ हजार रुपैयाँ मौज्दात छ ।

२५ लाख नगद र चार विघा जग्गाका मालिक लालबाबु

निर्वाचनताका साइकलमा हिँड्ेर प्रचारप्रसार गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग बंैकमा २५ लाख मौज्दात हुनुको साथै ललितपुरको भैसेपाटीमा चार आना खडेरी छ भने सर्लाहीमा चार विघा जमिन र विराटनगरमा घर छ । त्यो बाहेक पत्नी विमलाको नाममा ३० लाख नगद रहेको समेत उनले जनाएका छन् ।

प्रधानमन्त्री ओलीभन्दा पत्नी राधिका धनी


प्रधानमन्त्री ओली भन्दा पत्नी राधिका धनी देखिएकी छन् । ओलीले बैंकका ४२ लाख रुपैयाँ रहेको जनाएका छन् भने पत्नी राधिकाको नाममा साढे दुई रोपनी जमिन, दुई वटा घर, झापामा १० कट्टा जमिन, सेयरमा २५ लाख लगानीको साथै विभिन्न बैंकमा ३५ लाख रुपैयाँ मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

Womui
Womui