प्रधानमन्त्री ओलीभन्दा पत्नी राधिका धनी, यस्तो छ प्रधानमन्त्रीको सम्पत्ति विवरण

120

छिनछिन खबर
काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरणमा पत्नीको नाममा बढी सम्पत्ति देखाइएको छ । पत्नी राधिकाको नाममा ३५ लाख रुपैयाँ नगदको साथै दुई वटा घर देखाइएको छ भने प्रधानमन्त्रीले ओलीले आफ्नो बैंक खातामा ४२ लाख रुपैयाँ रहेको जनाएका छन् ।

ओलीको एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । त्यो रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ। । पत्नी राधिकाको नाममा भने २ वटा घरको साथै साढे दुई रोपनी जमिन छ ।

त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । ओलीसँग करिब १७÷१८ तोला गहना रहेको उक्त विवरणमा उल्लेख छ । राधिकाको नाममा ३ वटा बैंकमा खाता छन् । माछापुच्छ«े बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ । राधिकाले राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचत गरेको जनाइएको छ ।

Womui
Womui