रैराङ हाइड्रोपावरमा साढे ७६ हजारलार्ई १० कित्ता सेयर

105

छिनछिन खबर
काठमाडौं, जेठ ९ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर बुधबार बाँडफाँड भएको छ । हाइड्रोपावरको सेयर गोलाप्रथाबाट ७६ हजार ४४० जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् ।

रैराङ हाइड्रोपावरले बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म सर्वसाधरणमा ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार कित्ता सेयर खुला गरेको थियो । हाइड्रोले निष्काशन गरेको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये ७ लाख ६४ हजार ४०० कित्ता सर्वसाधारण र बाँकी सेयर ३३ हजार ६०० कित्ता कर्मचारी र ४२ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

रैराङको साधारण सेयरमा कुल एक लाख ७५ हजार ४७२ वटा आवेदन परेकोमा १९४ वटा आवेदन रद्द भएको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीको सेयर १७.७८ गुणाले अधिक माग भएको थियो ।
क्यापिटलका अनुसार एक लाख ७५ हजार २७८ जना आवेदकको एक करोड ३५ लाख ७५ हजार ६०० कित्ता सेयरको आवेदन स्वीकृत भएको थियो । १९४ आवेदकको १२ हजार ७६० कित्ता सेयर माग आवेदन विविध प्रकारको त्रुटीका कारण रद्ध भएको क्यापिटलले जनाएको छ ।

कुल आवेदकबाट एक करोड ३५ लाख ८८ हजार ३६० कित्ता सेयर माग भएकोमा १२ हजार ७६० कित्ता सेयर माग भएको १ सय ९४ आवेदन रद्द भएको हो । उनीहरुलाई सेयर बाँडफाँड प्रकृयामा सहभागी नगराइने क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ७ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियो । जस अनुसार ७६ हजार ४४० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

Womui
Womui