३८ सय किलो सुन तस्करी र हत्या अभियोगमा पूर्व डिआइजीसहित २८ थुनामा, गोरेको बयान बुधबारदेखि

135

छिनछिन खबर
बिराटनगर, जेठ ८ । ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पूर्व डिआइजीसहित २८ जनालाई मोरङ जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको छ । मंगलबार काठमाडौंमा मुख्य अभियुक्त गोरे भन्ने चुडामणि उप्रेती पक्राउ परेलगत्तै अदालतले यसअघि पक्राउ परेका २ जनाबाहेक अरुलाई जेल चलानको आदेश दिएको हो ।

पक्राउ परेकामध्ये प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार तथा हवल्दार अमरबहादुर थापालाई साधारण तारेखमा रिहा गर्ने र अन्यलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती ’गोरे’ को भने बुधबारदेखि अलग्गै बयान सुरु गर्ने तयारी जिल्ला अदालतले गरेको छ ।

 

यी हुन् जेल चलान हुनेहरू

पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई जेल चलानको आदेश भएको हो ।

त्यस्तै, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, माधव भनिने मदनप्रसाद घिमिरे, लाक्पा शेर्पा, चाचाजी उपनामका महावीरप्रसाद गोल्यान, राजन थापा, हेमन्त गौतम, समीरप्रसाद तोलाङ्गे, कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, राजेन्द्रकुमार शाक्य, दोराम खत्री, एलबी भनिने लालबहादुर मगर, तक्ले भनिने पुण्यप्रसाद लामा तामाङ, चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, गोपालकुमार श्रेष्ठ, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार पनि जेल चलान भएका छन् ।

Womui
Womui