नेकपाले बनायो ४४१ केन्द्रीय कमिटी

44

छिनछिन खबर
काठमाडौं, जेठ ८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । केन्दीय कमिटीमा पर्नेमा अधिकांश तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्य छन् ।

त्यसैगरी बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरु रहेको सुझाव कमिटी बनाउने निर्णय गरेको छ ।

त्यस्तै जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णयसमेत गरेको श्रेष्ठले जानकारी दिए ।

Womui
Womui