बालबालिका विरुद्धको हिंसा दोब्बर, किन यस्तो भइरहेको छ ?

199

छिनछिन खबर
काठमाडौं, जेठ ७ । चालु आर्थिक वर्षको पछिल्लो चार महिनाभित्र बालबालिकाविरुद्धको घटना बढ्दै गएको पाइएको छ ।
केन्द्रीय बालकल्याण समितिले प्रत्येक चार महिनामा प्रकाशित गर्दै आएको अध्ययन सर्वेक्षणको तथ्यांकले अघिल्लो चार महिनाको अवधिको तुलनामा दोब्बर घटना बढेको देखाएको हो । समितिले आर्थिक वर्षको मंसिरदेखि फागुन महिनाको अवधिभित्र भएका घटनालाई समेटेर उक्त तथ्यांक प्रस्तुत गरेको हो ।

समितिले देशभर भएका घटनाको संकलन गरी सो विवरण उल्लेख गरेको हो ।अघिल्लो चौमासिक अवधिमा २ सय ११ जना बालबालिकाविरुद्ध घटना भएका थिए भने पछिल्लो चार महिनाको अवधिमा ४ सय ३ बालबालिका विरुद्धका घटना छन् । तीमध्ये पहिलोमा बालश्रम रहेको छ । यो अवधिमा १ सय ४० जना बालबालिकामाथि बालश्रम शोषण भएको छ भने ७८ जनामा यौनदुव्र्यवहार तथा बलात्कारका घटना भए ।

बालश्रम एने २०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने, १४ वर्ष उमेर मुनिका बालबालिकालाई कुनै पनि श्रमिकका रुपमा राख्न नपाइने व्यवस्था भएपनि यो बालबालिकालाई जोखिमपूर्ण काममा लगाएको समितिले जनाएको छ । जसअनुसार फागुन महिनाभित्र मात्र ९६ जना बालबालिकालाई बालश्रमिकको रुपमा काम गरेको पाइएको छ ।

माघमा यो संख्या ३० थियो । घरेलु तथा होटलको श्रमिक, ईट्टाभट्टा, पढाइ खर्च जुटाउनको निम्ति काम गरेको पाइएको छ । घरेलु तथा होटलको श्रमिकका रूपमा सबभन्दा बढी ४३ प्रतिशत, ईट्टा उद्योगमा २६ प्रतिशत र पढाइ खर्च जुटाउन ३१ प्रतिशत बालबालिका श्रमिक छन् ।

Womui
Womui