सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही

367

छिनछिन खबर
काठमाडौं, जेठ ७ । सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने माइक्रोबस र टेम्पोलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाले सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियमको कडाईपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएपछि कारबाही सुरू गरिएको हो । अब माइक्रोबस र टेम्पोले सिट क्ष्मताभन्दा धेरै यात्रु बेक्न पाउने छैनन् ।

बानेश्वरका कुमार बस्नेत भन्छन् सरकारले सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने माइक्रोबस र टेम्पोलाई कारबाही थालेर राम्रो काम गरेको छ । ‘माइक्रोबसको सिटमा बसेर कहिल्यै राम्रोसँग यात्रा गर्न नपाएको गुनासो सुनाए’ उनले भने, ‘जेहास् सरकारले ढिलै भएपनि सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनलाई कारबाहीको राम्रो शुरूवात गरेको छ ।’

यातायात विभागका अनुसार १८ सिट क्षमताभन्दा ठूला बसले उपत्यकाभित्र २५ किलोमिटर क्षेत्रमा सिट क्षमता र त्यसको आधा थप यात्रु बोक्न पाउने छन् । ट्राफिक नियम उलंघन गर्नेलाई एक हजारदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना तिराउने निर्णय भएको छ । विभागले यो नियमभन्दा पहिले नियम उलंघन गर्नेलाई दुई सय रूपैयाँदेखि एक हजार रूपैयाँसम्म जरिवाना तिराएको थियो अब जरिवाना बढेपछि नियम उलंघन गर्नेको संख्यामा कमी आउने विभागले जनाएको छ ।

लामो समयसम्म उपत्यकाको ट्राफिक व्यवस्थापनमा खटिएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ साना सवारीसाधनका कारण उपत्यकामा यात्रा गर्न कठिन भएको बताउँछन् । माटरसाइकल कारलगायत निजी सवारीसाधनको संख्या बढ्नु र ठूला सार्वजनिक बस कम हुनुले उपत्यकामा जाम बढाएको हो,’ उनले भने, ‘जबसम्म सार्वजनिक यातायातलाई सुर्धान सकिँदैन, तबसम्म उपत्यकामा निजी सवारीको संख्या घटाउन सकिँदैन ।’यात्रुमैत्री सार्वजनिक यातायात भएको खण्डमा जाम कम हुने श्रेष्ठको भनाइ छ ।

Womui
Womui