सडक चौडा गराउन सहमतिमा डोजर

117

नेपालगन्ज, जेठ ६-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा सडक विस्तारको कामले तिब्रता पाएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालदेखि दोन्द्रा नालासम्म एक हजार ५ मिटर बाटो चौडासँगै पक्की बन्न लागेको हो । साघुँरोे बाटोले गाडी आवात–जावत र हिडडुल गर्न समेत कठिनाई हुँदै आएपछि वडा नम्बर १२ को अगुवाईमा अतिक्रमित पर्खाल, घर समेत भत्काएर बाटो बनाउन लागिएको हो ।

शिक्षण अस्पतालदेखि धनबहादुरको घर चोकसम्म ८ मिटर चौडा, जे. पाण्डेको र विजय पन्तको घर हुँदै ६ मिटर पक्की बाटो निर्माण हुने भएको छ । सडक किनारका स्थानीय घर धनीको प्रत्यक्ष सहमतिमा आइतबारबाट डोजर लगाएर बाटो चौडा पारिएको वडाअध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । मेडिकल कलजेदेखि नै चौडा पारिएको सडक अन्तगर्त आइतबार पाण्डेको घरदेखि दक्षिण हनुमान प्रावि सम्म करिब दुई सय मिटर वरपरका पर्खाल, घर डोजर लगाएर भत्काइएको छ ।

जनप्रतिनिधिको उपस्थितीमा डोजर लगाइएपछि स्थानीय बासिन्दाहरु भने विकासले नयाँ मोड लिएको लिएको भन्दै खुसी प्रकट गरिरहेका थिए । विकासमा सबैको सहमती र साथ रहेको भन्दै वडा अध्यक्ष सुवेदीले सबैमा थप सहयोगको पनि अपेक्षा गरेका छन् ।

Womui
Womui