ओली र प्रचण्डको भेटवार्ता संभवत भोली नै पार्टी एकता गर्ने सहमति

74

छिनछिन खबर
काठमाडौं, जेठ २ । बुधबार बिहान बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच भेटवार्ता भयो । उनीहरूबिच भएको भेटवार्ताले संभवत भोली नै पार्टी एकता गर्नै मोटामोटी सहमति भएको छ ।

मदन भण्डारीको २५ औं स्मृती दिवसको अवसर पारेर पार्टी एकता हुन लागेको हो । २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी भण्डारीको ज्यान गएको थियो ।

पार्टी एकताका लागि चुनामवमा एउटै राजनीतिक मुद्दा बनाएर लडेका पार्टीबीच केही राजनीतिक बाँडफाँडका विषयमा कुरा मिल्न बाँकी थियो । पार्टी एकता गर्न ढिलाइभइरहेका बेला बुधबार बिहान ओली र प्रचण्डले ‘वान टु वान’ भएको वार्तामा पार्टी एकता गर्ने सहमति जनाएका छन् । बैठकपछि दुवै जना हसिलो मुद्रामा थिए ।

मदन भण्डारीको शालिकमा बिहीबार विहान ७ बजे दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ । । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ ।

Womui
Womui