जनकपुर आइपुगे भारतीय प्रधानमन्त्री

41

छिनछिन खबर
जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् ।

मोदीलाई रक्षामन्त्री इश्वर पोखरले र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे । विमानस्थलमा केहीबेर आराम गरेपछि मोदी जानकी मन्दिर जाने कार्यक्रम छ । जानकी मन्दिरमा मोदीले पूजा गर्नुका साथै प्रधानमन्त्री ओलीसँग संयुक्तरुपमा रामायण सर्किटको शुभारम्भ गर्नेछन् ।

जानकी मन्दिरमा पूजा सकेपछि मोदी १२ विघामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

Womui
Womui