मोदीको सुरक्षालाई लिएर दुई घण्टा विमानस्थल बन्द

34

छिनछिन खबर
काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालाई लिएर शुक्रबार दुई घण्टा त्रिभुवन विमानस्थल बन्द गरिने भएको छ ।मोदी जनकपुरबाट साढे एक बजेट काठमाडौं आउने कार्यक्रम छ । सुरक्षाकर्मीको आग्रह एकदेखि तीनबजेसम्म विमानस्थल बन्द गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मोदीको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा अंग परिचालन गरिएको छ । ेपाली सुरक्षाकर्मी बाहेक भारतले पनि आफ्ना सुरक्षाकर्मीको छुट्टै टोली खटाएको छ ।मुक्तिनाथमा भारतीय सेनाको टोली बिहीबार नै पुगिसकेको छ ।

मोदी त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि सीधै होटल हायातमा जानेछन् । विमानस्थलबाट चुच्चेपाटी, चुच्चेपाटीबाट सम्मान गारद ग्रहण गर्ने स्थान टुँडिखेल, टुँडिखेलबाट उपराष्ट्रपति कार्यालय बहादुर भवन, बहादुर भवनबाट शितल निवास र शितल निवासबाट बत्तीसपुतली लगायतका क्षेत्रमा पनि कडाइ गरिएको छ ।

Womui
Womui