ऊर्जा मन्त्रालयले जारी ग¥यो श्वेत पत्र, हरेक प्रदेशमा एक मेगा प्रोजेक्ट

218

मालती ओली
काठमाडौ, वैशाख २६ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान अवस्था र भावी योजनाबारे श्वेतपत्र जारी गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’ सञ्चालन गरिने श्वेत पत्रमा उल्लेख गरेका छन् ।मन्त्री पुनले हरेक प्रदेशमा कम्तिमा एउटा ठूलो जलविद्युत र सौर्य आयोजनाको निर्माण सुरु गरिने जानकारी दिए ।


प्रदेश सरकार एवं स्थानीय तहको समेत सेयर रहने गरी हरेक प्रदेशबाट कम्तिमा एउटा मझौला क्षमताको आकर्षक जलविद्युत् क्षमताको अयोजना निर्माण कर्य अगाडि बढाइने उनको भनाइ छ । उनले सातै वटा प्रदेशमा निर्माण हुने आयोजनासमेत श्वेतपत्रमा उल्लेख गरेका छन् ।

प्रदेश अनुसार निर्माण गर्ने लक्ष्य लिइएका अयोजना यस्ता छन् ।

प्रदेश १ तमोर जलाशय (७६२ मेगावाट), दुधकोशी जलाशय (८०० मेगावाट) र अपर अरुण पिकिङ रन अफ द रिभर (७२५ मेगावाट), किमाथाङ्का अरुण पिकिङ रन अफ द रिभर (४५) मेगावाट), अरुण–४ पिकिङ रन अफ द रिभर (३७२ मेगावाट), तल्लो अरुण पिकिङ रन अफ द रिभर (६७९ मेगावाट)

प्रदेश २ कम्तिमा २०० मेगावाटको सौर्य विद्युत आयोजना निर्माण

प्रदेश ३ सुनकोशी २ र ३ जलाशयुक्त (१११० मेगावाट र ५३६ मेगावाट), तामाकोशी–५ पिकिङ रन अफ द रिभर (१०१ मेगावाट), खिम्ती शिवालय जलाशयुक्त (५०० मेगावाट), कोखाजोर जलाशययुक्त आयोजना (१११ मेगावाट)

प्रदेश ४ बुढीगण्डकी जलाशययुक्त (१२०० मेगावाट), अपर सेती जलाशययुक्त (१४० मेगावाट), उत्तरगंगा जलाशययुक्त (८२८ मेगावाट), आँधीखोला जलाशययुक्त (१८० मेगावाट) आयोजना

प्रदेश ५ नौमुरे जलाशययुक्त (२४५ मेगावाट), काली गण्डकी २ जलाशयुक्त (८७०
मेगावाट), माडी जलाशयुक्त आयोजना (२५३ मेगावाट) र अपर झिम्रुक
जलाशययुक्त आयोजना (१०० मेगावाट)

कर्णाली प्रदेश नलगाड जलाशययुक्त (४१० मेगावाट) र फुकोट कर्णाली पिकिङ रन अफ द रिभर (४२६ मेगावाट), जगदुल्ला पिकिङ रन अफ द रिभर (१०० मेगावाट) छन्

प्रदेश ७ स्पश्चिम सेती जलाशययुक्त (७५० मेगावाट) र एसआर–६ जलविद्युत आयोजना (२७६ मेगावाट) र चैनपुर सेती पिकिङ रन अफ द रिभर (२१० मेगावाट) रहेका छन् ।

Womui
Womui