बेलायती सांसदसँग प्रधानमन्त्रीले भने– विश्व राजनीतिमा नेपाल तटस्थ रहन्छ

103

छिनछिन खबर
काठमाडौं, वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती सांसदबीच मंगलबार भेटघाट भएको छ । भेटको अवसमा ओलीले विश्व राजनीतिमा नेपालले तटस्थता कायम राख्ने बताउँदै चीनको ‘वेल्ट एण्ड रोड’ को योजना र भारतको ‘सबैको साथमा विकास गरिने’ नारा दुवै नेपालको हितमा रहेको बताएका छन् । उनले विश्व राजनीतिमा नेपाल तटस्थसमेत रहने बताए ।

अन्तर संसद युनियन, आइपियुको बेलायती समूहको प्रतिनिधि मण्डलसँग ओलीले उक्त कुरा बताएका हुन् । बेलायती प्रतिनिधि मण्डलले द्वन्द्वकालीन घटनाका सम्बन्धमा राखेको जिज्ञाशामा प्रधानमन्त्रीले नेपालको कानुन अनुसार त्यसबेलाका घटनाको सत्यतथ्य छानबिन गर्न बनाइएको आयोग र बेपत्ता पारिएकाको छानबिन गर्न बनाइएको आयोगले संक्रमणकालीन न्यायलाई टुंग्याउने बताए ।

Womui
Womui