बैंक खाता रोक्का गर्ने हो दुर्घटनामा पर्ने घाइतेको उपचार गर भन्न पाइँदैनः यातायात व्यवसायी

41

छिनछिन खबर

काठमाडौं, वैशाख २४ । सिन्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले सरकारले बैंक खाता रोक्ने गरिरहने हो भने गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नबेहोर्ने बताएका छन् ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बैंक खाता रोक्का भएको अवस्थामा दुर्घटनाका घाइतेको उपचार गर्न नसकिने बताएका हुन् । उनले बसपार्कबाट काउन्टर हटाइएकाले सडकबाटै सेवा सुचारु गर्नु पर्ने अवस्था आएको भन्दै  यसबाट उत्पन्न हुने असहजताका लागि सरकार जिम्मेवार हुने बताए ।

यातायात मन्त्री रघुबीर महासेठले यातायात क्षेत्र सुधारका लागि बनेको कार्यदलले तत्कालै काम सुरु गरेर दुर्घटना बीमा लगायतका विषयलाई टुंग्याउने बताए ।

Womui
Womui