मोदीकोे भ्रमण अघि नेपालमा खटिए भारतीय सुरक्षाकर्मी

66

छिनछिन खबर
काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु अघि नै भारतीय सुरक्षाकर्मीले नेपालको रेकी थालेका छन् । वैशाख २८ गते जनकपुर हुँदै मोदी काठमाडौं र मुक्तिनाथ पुग्ने कार्यक्रम छ । सोमबार जनकपुरमा भारतीय विशेष विमान आएर सुरक्षाको जानकारी लिएको छ । मोदीको भ्रमणलाई सुरक्षित बनाउन नेपाली सुरक्षाकर्मीले पनि सक्रियता बढाइरहेको बेला भारतीय सुरक्षाकर्मीले त्यसमा चित्त बुझाइरहेको देखिँदैन ।

मोदीको भ्रमण र त्यसका लागि सुरक्षा स्थिति बुझ्न जनकपुर विशेष विमानमा भारतीय सुरक्षाकर्मीको टोली आइपुगेका हुन् । भारतीय एयर फोर्सको विमानमा प्रधानमन्त्री मोदीको सुरक्षाका लागि खटिने भारतीय सेनाको टोली रहेको छ ।

Womui
Womui