नामोनिशान मेटिँदै सिन्डिकेटधारी यातायातको, २४५ समितिको बैंक खाता रोक्का

281

छिनछिन खबर
काठमाडौं, वैशाख २४ । सरकार कडाइका साथ लागेपछि देशभरि सिन्डिकेटधारी यातायात समिति बन्द हुने क्रम जारी छ । सिन्डिकेट चलाउँदै आएका व्यवसायीलाई सरकारले कतै धरपकड र कतै सम्झाइबुझाइ गरेपछि यातायात समिति खारेजीको अन्तिम चरणमा पुगेका हुन् ।

अब देशभरिका यातायातका साधन व्यक्ति वा कम्पनीमार्फत सञ्चालन हुनेछन् । खुला बजार नीति अनुसार सडकमा गुड्ने बसमा प्रतिस्पर्धा हुँदा त्यसले यात्रुलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच सरकारले देशभरका संचालित २४५ यातायात समितिहरुको बैंक खाता बन्द गराएको छ । गृहमन्त्रालयको आग्रह अनुसार नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै ती समितिहरुको बैंक खाता बन्द गराएको हो ।

यसरी रोक्का गरिएका बैंक खाताबाट रकम झिक्न र राख्न नपाउने व्यवस्था मिलाउन राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । गृहमन्त्रालयले बैंक खाता रोक्का राख्नुपर्ने समितिहरुको नामावली पठाउँदै गरेकोले यो संख्या अझ बढ्न सक्ने राष्ट्र बैंक स्रोतको भनाइ छ ।

बैंक खाता रोक्का गरिएका समितिको नामावली यसप्रकार छः

Womui
Womui