जिप दुर्घटनामा बैंक प्रबन्धकसहित दुईको मृत्यु

55

छिनछिन खबर
बर्दिया, वैशाख २२ । जिप दुर्घटना परी ग्लोबल आइएमई बैंक धनगढी शाखा प्रमुख रामबहादुर हमालसहित दुई जनाको मृत्यु भएको छ ।

धनगढीबाट नेपालगञ्ज गइरहेको बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार राति गुलरिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा धनगढी शाखा प्रमुख ४२ वर्षीय हमाल र सोही बैंकमै कार्यरत कञ्चनपुर घर भएका ३२ वर्षीय भुवन पन्तको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

जिप दुर्घटना ६ जना घाइते भएका छन् । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त छन् ।
इलाका प्रहरी कार्यकाल बाँसगढीका अनुसार पछाडिको पांग्रा फुस्किएर जिप दुर्घटनामा परेको थियो ।

Womui
Womui