सुन तस्करीमा एकपछि अर्को पहुँचवाला तानिँदै, तस्करलाई राजनीतिक संरक्षणको आंशका

50

छिनछिन खबर
काठमाडौं, वैशाख २१ । ३३ किलो सुन तस्करीमा एकपछि अर्को प्रहरी अधिकृत र पहुँचवाला व्यक्ति तानिने क्रम जारी छ ।
सुन तस्करी र सनम शाक्य हत्या घटनाको अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठीत समितिले सुन तस्करीम प्रहरीको मात्र नभई राजनीतिक दलका केही नेताको समेत सहभागिता हुन सक्ने आंशका गरेको छ ।

सोही घटनाबारे प्रारम्भिक प्रतिवेदन जाहेरी दिने प्रहरी अधिकृतले बयानको क्रममा समेत सोही खाले सूचना दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । समितिसमक्ष बयान दिने क्रममा डिएसपी प्रजित केसीले त्यसबारे सबै जानकारी एसएएसपी, डिआइजी र तत्कालीन प्रहरी प्रमुखलाई समेत थाहा भएको बताएका छन् । केसी सोही अपराधमा वादी हुने पहिलो अधिकृत हुन् । अहिले उनै केसी प्रतिवादी बनाइएका छन् ।

साढे ३३ किलो सुन लुकाएको आंशकामा मोरङ, उर्लाबारीका शाक्यको हत्या भएको सूचना पाएपछि डिएसपी केसीकै टोलीले शव बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ४ अभियुक्तलाई बुझाएको थियो ।

हत्याका मुख्य नाइके चुडामणि उप्रेतीलाई भगाएको, एक ठाउँमा भेटिएको शवलाई अर्काे ठाउँमा भेटिएको भनेर प्रतिवेदन दिएको, तस्करसँग पैसाको डिल गरेको भन्दै गृह मन्त्रालयको छानबिन समितिले उनलाई समेत प्रतिवादी बनाएको हो । केसीले भने बयानमा ती आरोपहरु अस्वीकार गरेका छन् । सोही अपराधमा मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

Womui
Womui