सिन्डिकेटवालाकोे मारमा सर्वसाधारण

34

छिनछिन खबर
काठमाडौं, वैशाख २१ । सरकारले बस व्यवसायीले लगाउँदै आएको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेपछि आक्रोशित भएका व्यसायीले शुक्रबार देशभर यातायात ठप्प पारेका छन् । सर्वसाधारणलाई जबरजस्ती गर्न नपाएको रिसमा गरेको बन्दको मारमा सर्वसाधारण परेका छन् ।

काठमाडौं लगायत देशका विभिन्न ठाउँमा कतै–कतै निजि सवारी साधन चलेका देखिन्छन् भने भाडाका साधन ठप्प छन् ।
बस व्यवसायी हडतालमा उत्रेपछि थाहा नपाएका यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् भने बस चढ्ने विद्यार्थी पनि मारमा परेका छन् । यो हड्ताल पूर्वदेखि पश्चिम सम्मका सडकमा देखिन्छ ।

प्रदेश नं ५को अस्थायी राजधानी बुटवलमा पनि बन्दको प्रभाव परेको देखिन्छ । बुटवलमा पर्ने लुम्बिनीको बस टर्मिनलबाट प्रदेश नं ५ का १२ वटै जिल्लामा सवारी साधन चल्ने गर्छन्, भने हड्तालका कारण आज सुनसान छ ।

यातायात व्यवसायलाइ कम्पनी दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध वैशाख २१ देखि २७ सम्म यातायात सेवा बन्द गरेर चरणबद्ध हड्ताल गर्ने व्यवसायिको भनाई छ ।

यो हड्ताल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको हो । यस्लाइ नेपाल ट्रक यातायात व्यवसायी महासंघ पेटा«ेलियम, ढुवानी महासंघ, नेपाल पेटा«ेलियम डिलर, राष्ट्रिय एशोसियशनले साथ दिएका छन् ।
पश्चिम नेपालका सडक सुनसान छन् ।

व्यवसायि समितिले २१ ग्ते बिहान ४ बजेदेखि २२ गते बिहान ४ बजे सम्म चालकलाइ बस नचलाउने चलायमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । सत्तारुढ बामपन्थीको नेतृत्व रहेको पश्चिम नेपाल पृथ्वी यातायातले विहिवार सरकारसँग वार्ता गरेपनि सहमति नभएकोले आन्दोलनलाई निरन्तरता दिएको पश्चिम नेपालका बरिष्ठ अध्यक्ष नारायण घिमिरेले बताए ।
सरकारले सार्वजनिक सेवालाई आवश्यक मान्दै अबरुद्ध गर्नेलाई रुट परमिट खारेज गर्ने चेतावनी दिएको छ ।

Womui
Womui