जिफन्ट पदाधिकारीसँग प्रधानमन्त्रीले भने अब श्रमिकले आन्दोलन गर्छौं भन्ने दिन आउँदैन

101

छिनछिन खबर
काठमाडौं, वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकले अब हड्ताल गर्न नपर्ने प्रबन्ध मिलाउन थालेको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकले अब माग पूरा नभए यस्तो गर्छौं भन्ने दिन नआउने बताए ।

भेटघाटको सुरुवातमा दुई दिनअघि मात्र जिम्मेवारी सम्हाल्नु हुने अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा वृद्धि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका थिए । उनले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रधावकारी सुरुवात हुनु पर्नेमा जोड दिए ।

Womui
Womui