श्रीमानको कुटाइमा परिन उपमेयर

55

छिनछिन खबर
काठमाडौं, वैशाख १९ । ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमानको कुटाइमा परेकी छन् ।
मंगलबार राति साढे १० बजे श्रीमानले कुटपिट गरेपछि अधिकारीले प्रहरीको आपतकालीन् नम्बर १०० मा फोन गरेकी थिइन् ।  फोनबाट खबर पाउने बित्तिकै प्रहरी उनिहरुको ठेगाना पत्ता लगाएर टौखेल पुगेको थियो ।

सातदोबाटो प्रहरी वृत्तको टोलीले कुटपिट गर्ने श्रीमान् ध्रुव कुँवरलाई उनको घरबाट राति नै पक्राउ गरेर उनलाई रातभरि वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान उपमेयर अधिकारी प्रहरी वृतमा गएर मेलमिलाप नगर्ने न्यायका लागि उपल्लो निकायमा जान्छु भन्ने जानकारी दिएपछि उनलाई महानगरीय प्रहरी परिसर जाउलाखेलमा राखिएको छ । अधिकारीले श्रीमानरिुद्ध परिसरको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् ।

के कारणले यसो भएको हो केन्द्रले यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui