एकीकृत बस्ती विकासमा आकर्षित सिन्धुपाल्चोक

284

छिनछिन खबर
सिन्धुपाल्चोक, वैशाख १९ । तीन वर्षअघिको विनासकारी भूकम्पले बस्तीमा क्षति पु¥याएपछि पीडित समाजिक एकताको महत्वलाई बुझेर एकीकृत बस्ती विकासमा आकर्षित भएका छन् । जिल्लामा २ वटा आकर्षित बस्ती विकास भइसकेको छ अरु ७ वटा निर्माणका चरणमा छन् । पीडित परिवारका लागि एउटा एकीकृत बस्ती बनाउन राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले काम शुरु गरेको छ । थालेका सबै योजना पुरा हुँदा जिल्लाका १० गाउँ एकीकृत र आकर्षित बस्तीका रुपमा विकसित हुनेछन्


केही बस्ती बनाउन संघसंंथाले सहयोग गरे पनि धेरैजसो पीडितकै पहलमा काम शरु गरिएको हो । यस बस्तीमा बाटोघाटो, घरघरमा खाने पानी, शौचालय, विद्यालय, खेल मैदानका साथै सहरी पूर्वाधारको परिकल्पना गरिएको छ । यो बस्तीको प्रमुख विशेषता भनेको सबै घरहरुको एउटै आकार र रङरोगनले सिंगारिएको छ ।

सहरी विकास तथा भवन डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख टंक गौतम एकमुस्ट विकासका पूर्वाधारमा सबैको पहुँच पुग्ने भएकाले भूकम्प पीडित यस्तो बस्तीमा आकर्षित भएको बताए । प्राधिकरणले नयाँ बस्तीलाई जोड दिँदै भने छरिएर रहेका घरघरमा यस्तो सबै सुविधा पु¥याउन सहज छैन् ।
एकीकृत बस्ती निर्माण गर्न लगानी पनि कम लाग्ने गौतमले बताए । उनका अनुसार १० घरको एकीकृत बस्ती निर्माण गर्दा प्राधिकरणले तराइका लागि साढे तीन,हिमालका लागि पाँच र पहाडका लागि चार लाख रुपयाँका दरले एकीकृत पूर्वाधार विकासमा सघाउँछन् । पूर्वाधार अर्थात सुविधाभोग नै एकीकृत बस्तीप्रतिको आकर्षण हो,’उनले भने ।

ध्ुार्मुस–सुन्तली फउन्डेसनले मेलम्ची नगरपालिकाको गिरानचौरमा दोस्रो एकीकृत नमुना बस्ती विकास गरेपछि यस्तो बस्ती जिल्लाभर विकास हुने क्रममा छ । ६५ घरधुरीको गाउँलाइ फाउन्डेसनले गिरानचौर एकीकृत बस्ती नाम दिएको छ । यो बस्तीमा घरघरमा खाने पानी, शौचालय, बाटोघाटोको सुविधा, सामुदायिक भवन,गाडी पार्किङको सुविधा, पुस्तकालय, बालउद्यान, अपांग र वातावरणमैत्री गिरानचैर बस्तीका प्रमुख विशेषता हुन् ।

यो बस्ती निर्माणमा फउन्डेसनले जनस्तरबाट संकलित ५ करोड रुपयाँभन्दा बढी लगानी गरेको थियो । नीलो, रातो र सेतो रङसहितको सजिसजाउ बस्ती आकर्षक देखिन्छ । चार महिनामै बस्ती बनाएर फउन्डेसनले २०७३ कात्तिकमा बासिन्दालाई हस्तान्तरण गरेको थियो ।

Womui
Womui