नेपोलीलाई फुटबलको लक्ष्यमा पुग्न बाधा

130

मिलान वैशाख १८ (एजेन्सी) । फियोरेन्टिनालाई अप्रत्याहित नजिा सुम्पिएसँगै नेपोलीको इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्य संकटमा परेको छ । यस जितपछि ३५ खेलमा ५४ अंक जोडेको फियोरेन्टिना नवौं स्थानमा छ । समान खेलमा ८४ अंक जोडेको नेपोली दोस्रो स्थानमा रहेको छ । जुन पहिलेको भन्दा चार अंक कम हो ।

समान ७० अंक जोडेका एएस रोमा र लाजियो क्रमशः तेस्रो र चौंथो स्थानमा छन् । त्यस्तै ६६ अंक जोडेको इन्टर मिलान पाँचौं, ५८ अंक जोडेको एट्लान्टा छैटौं र ५७ अंक जोडेको एसी मिलान सातौं स्थानमा छन् । गत साता युभेन्टसलाई १–० ले पराजित गर्दे नेपोलीले उपाधि सम्भावना जीवित रखेको थियो । तर टोलीले उक्त लयलाई निरन्तरता दिन नसक्दा उपाधि सम्भावना धरमराएको हो ।

युभेन्टसलाई पराजित गर्दा नायक साबित भएका सेनेगलका रक्षक कालिगो कौबेलेले खेलको आठौं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाली १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । फियोरेन्टिनाको जितमा जियोभानी सिमोनीले ह्याट्रिक पुरा गरे ।
३४ औं मिनेटमा सिमोनीले क्रिस्टियानो बार्घीको पासमा गोल गर्दे फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा सिमोनीले व्यक्तिगत दोस्रो गोल गर्दे फियोरेन्टिनाको अग्रता दोब्बर पारेका थिए ।

सिमोनीले फेड्रिको सेइसाको पासलाई पोस्टको दिशा दिएका थिए । इन्जुरी समयको तेस्रो मिनेटमा सिमोनीले ह्याट्रिक पूरा गर्दे फियोरेन्टिनाको सहज जित पक्का गरेका थिए । मिलान बाड्लेजको प्रहार नेपोलीका गोलकिपर पेपे रैनाले रोक्दा प्राप्त बललाई उनले जाली चुमाएका थिए ।
‘खेलको सुरुआतमै रक्षक कालिगो कौबेले रातो कार्डको दर्शन गर्दे मैदानबाट बाहिरिएपछि टोलीले लय गुमायो,’ नेपालीका प्रशिक्षक माउरिसियो सारीले बताए, ‘हामीले रण्नीतिअनुसार प्रदर्शन गर्न सकेनौं ।

आजको हारले हाम्रो उपाधि सम्भावना कमजोर बनाएको छ ।’ बाँकी रहेका तीन खेलमा स्वभाविक प्रदर्शन गर्दे सबै खेलमा स्पष्ट तीन अंक जोड्न सके पनि हाम्रो उपाधि सम्भावना जीवित रहने छ,’ सारीले भने, ‘तर त्यसका लागि युभेन्ट्सको नतिजा हाम्रो अनुकूुलमा आउन आवश्यक छ ।
त्यस्तै लाजियोले टोरिनोलाई १–० ले पराजित ग¥यो ५६ औं मिनेटमा सेर्जिग मिल्कोभिच–साभिचले गरेको गोल लाजियोको जितमा पर्याप्त बन्यो । सिरी ‘ए’ अन्तर्गत सम्पन्न अन्य खेलमा एट्लान्टाले जिनोवालाई ३–१ ल्ो पराजित गर्दा क्रोटोनीले सासौलोलाई ४–१ ल्ो पराजित गरे । त्यस्तै युडिनेसी र बनभेन्टोले ३–३ को बराबरी खेले । इटालियन सिरी ‘ए’ अन्तर्गत नेपोलीविरुद्धको खेलमा फियोरेन्टिनाको फेडरिको चिइसा बल अघि बढाउँदै ।

Womui
Womui