संघीय समाजवादी फोरमको बैठक बुधबार

47

छिनछिन खबर
काठमाडौं, वैशाख १६ । संघीय समाजवादी फोरम, नेपालले यही बुधबार केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । पार्टीको आइतबार काठमाडौंमा बसेको राजनीतिक समितिको बैठकले केन्द्रीय कार्य समिति बैठकको बोलाएको हो ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठन सुदृढिकरण लगायतका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्य समिति बैठक आगामी बुधबार बोलाउने निर्णय गरिएको नेता रेखा यादवले जानकारी दिइन् ।

फोरमले सरकारलाई समर्थन दिएपनि माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता नआई सरकारमा नजाने अडान राख्दै आएको छ । बैठकमा अध्यक्ष उपेन्द्र यादवले सरकारका पछिल्ला गतिविधि संघीयताविरोधी रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

Womui
Womui