आंशिक प्राध्यापक पुनः आन्दोलित

136

नेपालगन्ज, बैशाख १६-
करार नियुक्ती माग गर्दै संघर्षरत नेपाल आशिंक प्राध्यापक संघ पुनः आन्दोलित भएको छ । संघको केन्द्रिय सर्कुलर अनुसार संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले आइतबार कुनैपनि शैक्षिक गतिविधिलाई सहयोग गरेन । आइतबारको कार्यक्रम पुर्णरुपमा सफल भएको संघका अध्यक्ष धनीराम थापाले बताए । थापाले भने, ‘हाम्रो आन्दोलन कार्यक्रम पुर्ण रुपमा सफल भएको छ, यसमा सहभागी हुने तथा हामीलाई नैतिक रुपमा समर्थन गर्ने सम्पुर्ण संघ सस्था तथा संगठनलाई धन्यवाद दिन चाहन्छु ।’

आन्दोलनको पहिलो दिन आइतबार क्याम्पसका सम्पुर्ण सेमिस्टर लगाएत बिबिए कार्यक्रमको पठनपाठन पनि ठप्प पारिएको नेपाल आंशिक प्राध्यापक संघ मब क्याम्पास आन्दोलन परिचालन समितिका संयोजक टंकेश्वर अधिकारीले बताए । क्याम्पसमा नियमित रुपमा भइरहेको विभिन्न तहका परिक्षामा समेत आंशिक प्राध्यापकको असहयोगले परिक्षा सम्पन्न भएतापनि परिक्षा प्रभावित भएको उनको भनाई छ । आशिंक प्राध्यापकलाई स्वतः करार नियुक्ती दिएर स्थायी बन्ने मार्ग प्रशस्त गर्नका लागि आंशिक प्राध्यापकले आन्दोलन गर्दै आएका छन् ।

Womui
Womui