कार्यालय प्रमुखद्धारा बालबालिकाको अभिभाकत्व ग्रहण

115

नेपालगन्ज,बैशाख १२-
बाँकेका विभिन्न कार्यालय प्रमुखले खजुरा गाउँपालिकाका १० जना बालबालिकाकाको बुधबार अभिभावकत्व ग्रहण गरेका छन् । जिल्लामा रहेका १० वटा कार्यालयका प्रमुखले एक कार्यक्रमकाबीच खजुरा गाउँपालिका वडा नम्वर ६ पुरैनामा रहेको जनसेवा माध्यामिक बिद्यालयका १/१ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन् ।


प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले कक्षा ९ का बलबहादुर सुनारको अभिभाकत्व ग्रहण गरेका छन् । महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाहले कक्षा १० मा अध्ययनरत लक्ष्मी सुनारको, क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जमा क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले कक्षा ७ का कमल रावलको, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय बाँकेका निमित्त प्रमुख गोर्खबहादुर थापाले कक्षा ८ का अस्मिता कँुवरको अभिभावत्व ग्रहण गरे ।
बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले कक्षा ८ का ऋतु बुढाको, सशस्त्र प्रहरीका एसपी फणिन्द्र पौडेलले कक्षा ९ का सुवास राना क्षेत्रीको, भैरवनाथ गणका गणपति सुर्य थापाले कक्षा २ का हरि घर्ती र शैक्षिक तालिम केन्द्र नेपालगन्जका प्रमुख रामलाल खड्काले कक्षा ८ का अंगराज बमको अभिभावकत्व ग्रहण गरे । यस्तै खजुरा गाउँपालिका उपप्रमुख एकमाया बि.कले कक्षा ६ की छात्रा लक्ष्मी सार्कीको र प्रमुख कोष नियन्त्रक ठाकुरप्रसाद पौडेलले तिलसरा सुनारको अभिभावकत्व ग्रहण गरेका बिद्यालयका प्रधानाध्यापक शोभाकुमारी रेग्मीले जानकारी दिईन् ।

बालबालिकालाई झोला र स्टेशनरी सामग्री हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गरिएको हो । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी केसीले आर्थिक रुपले विपन्न र अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व ग्रहण गरि सकारात्मक सन्देश दिने प्रयास गरिएको बताए । कार्यालय प्रमुखले आ–आफ्ना छर, छिमेकका बालबालिकालाई बिद्यालय भर्ना गरि हरेक बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने काममा सहयोग गर्न आग्रह गरे ।

 

Womui
Womui